बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

कांग्रेस सभापति देउवालाई भेट्न धुम्बाराही पुगे प्रधानमन्त्री

कांग्रेस सभापति देउवालाई भेट्न धुम्बाराही पुगे प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् । मंगलबार विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्ड धुम्बाराहीस्थित देउवाको अस्थायी निवास पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गर्न धुम्बाराही पुगेको बताइएको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । त्यसका लागि कांग्रेसले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend