चितवन । चितवनमा श्रीमान्-श्रीमती मृत फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका हुन् ।
खेतबारी भन्ने ठाँउमा २७–२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४–२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।
अहिले प्रहरी घटनास्थलमा पुगेको छ ।
मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने बताएको छ । उनीहरुका बीचमा घरमा झैझगडा भैरहने गरेको एक स्थानीयले बताए ।
उनीहरुको एक छोरा छन् ।