logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • प्रदेशका मन्त्रालय घटाउनेछुः मुख्यमन्त्री जमकट्टेल

    प्रदेशका मन्त्रालय घटाउनेछुः मुख्यमन्त्री जमकट्टेल

    1.9K
    Shares
    प्रदेशका मन्त्रालय घटाउनेछुः मुख्यमन्त्री जमकट्टेल

    काठमाडौं । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा मन्त्रालयहरु घटाउन लागेको बताएका छन् ।

    मंगलवार बिहान मुख्यमन्त्रीको शपथग्रहणपछि सञ्चरकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रदेशमा मन्त्रालयको संख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको संख्या घटाउन लागेको बताएका हुन् । उनले आजबाट नै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गरेका छन् । मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको संख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको र समितिले १५ दिन भित्रमा प्रतिवेदन दिने बताए ।

    पदभार ग्रहणअघि मुख्यमन्त्री जम्कट्टेलसहित नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजनामन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वागमती प्रदेशका संसदीइ दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रुपमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रदेश प्रमुखको कार्यालय हेटौंडामा शपथग्रहण गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend