logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभयोः सांसद शर्मा

    शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभयोः सांसद शर्मा

    1.5K
    Shares
    शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभयोः सांसद शर्मा

    काठमाडौं । नेकपा माओवादीकी सांसद रेखा शर्माले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभएको बताएकी छन् । मंगवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री देउवाले निषेधको राजनीति अन्त्य गरेको दाबी गरेकी हुन् ।

    उनले राजनीतिक दलहरु फेरि पनि सहकार्यको आवश्यकता रहेको बताइन् । उनले देशलाई अफ्ठ्यारो परेको बेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको शुरुवात हुन लागेको भन्दै खुशी व्यक्त गरिन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई समृद्धिमा अगाडि बढाउनेमा विश्वास व्यक्त गरिन् । शर्माले देश र राष्ट्रलाई कसरी अगाडि लैजाने भन्ने विषयमा बुँदागत रुपमा राख्नुभएकाले सबैले समर्थन गर्ने आग्रह गरिन् ।

    उनले कुनै पार्टी बहुमत प्राप्त गर्न नसकेका भन्दै अहिलेको जनादेशअनुसार सरकार बनेको बताइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend