logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक २१.३४ गिरावट, कारोबार साढे ७ अर्ब माथि

    नेप्से परिसूचक २१.३४ गिरावट, कारोबार साढे ७ अर्ब माथि

    2.1K
    Shares
    नेप्से परिसूचक २१.३४ गिरावट, कारोबार साढे ७ अर्ब माथि

    काठमाडौं । मंगलवार नेप्से परिसूचकमा करेक्सन आएको छ । नेप्से कारोबारको शुरुवातमा ६५ अंकभन्दा बढी अंकले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ । मंगलवार नेप्से परिसूचक २१.३४ अंक घटेर २१९०.४२ बिन्दुमा झरेको छ । त्यस्तै, त्यसैगरी,सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ।

    मंगलवार कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता शेयर किनबेचबाट ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवार नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिना यताकै उच्च भएको छ ।

    नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो । जसमा बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको बढेको छ । त्यस्तै,वित्त उपसमूहको परिसूचक ४.३१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

    मंगलवार नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिव ९ प्रतिशत घटेको छ । आज ङादी ग्रुप पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend