logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित

    खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित

    2K
    Shares
    खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित

    नेपालगञ्ज । हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन् । नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरु ढिलो र स्थगित हुने गरेका हुन् । हरेक दिन जहाजले एउटा मात्रै उडान भएपनि यात्रुहरु धेरै नहुने गरेको स्थानीयहरु बताउँछन् । जहाजको क्षमता १८ जनाको भएपनि जहाजमा समानहरु भरेर करिब दैनिक १२ देखि १५ जना मात्रै हुने गरेको स्थानीयहरुले बताए ।

    नेपालगञ्ज विमानस्थलबाट समान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ । विमान स्थालबाट काठमडाैँ, पोखरा लगायत विभिन्न पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, बाजुरा, रुकुम जिल्लामा पनि उडान हुँदै आएको छ । अहिले जाडो सिजनमा हुस्सु र शितलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित हुँदै आएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेशप्रसाद खनालले बताए । उनले बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको जानकारी दिए ।

    चिसोका कारणले पहाडी भेगका मानिसहरु धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहेको प्रमुख खनालले बताए । उनले जहाजमा मानिसहरु यात्रा कम गर्न थालेपछि एयारलइन्सहरुले कार्गो गरिरहेको उनको भनाइ छ । यात्रुहरु अपुग भएपछि एरलइन्सहरु मिलेर सिमित उडान गरिरहेको प्रमुख खनालले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend