धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । चार बजे शपथसँगै रावलले सानो आकारको मन्त्री मण्डल पनि बनाउने तयारी गरेका छन् ।
उनले नेकपा एमालेबाट १ र नेकपा माओवादी केन्द्रबाट १ जना गरी दुई जना मन्त्री आजै नियुक्त गर्ने तयारी गरेका छ । तर नाम टुंगिएको छैन ।
रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।