बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी र दुई मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी र दुई मन्त्रीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । बुधबार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

यसैगरी एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले पनि मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । उनीहरूको विभाग भने तोक्न बाँकी छ । प्रदेश राजधानी दाङको देउखुरीमा उनीहरुले सपथग्रहण गरेका हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend