logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सेयर बजार ओरालाे, आज ४१.०४ अंकले घट्यो

    सेयर बजार ओरालाे, आज ४१.०४ अंकले घट्यो

    2.4K
    Shares
    सेयर बजार ओरालाे, आज ४१.०४ अंकले घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालाे लागेकाे छ । नेप्से परिसूचकमा ४१.०४ अंकले ओरालो लागेर २१४९.३९ विन्दुमा आएर रोकिएको छ ।

    यसअघि मंगलबार सेयर बजार २१.३५ अंकले घटेको थियो भने ७ अर्ब बढीको सेयर कारोबार भएको थियो । बुधबार (पुस २७ गते) भने पृथ्वी जयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिएको कारण नेप्से बन्द भएको थियो ।

    साथै, बिहीबार २५२ कम्पनीको कारोबार हुँदा १ करोड २२ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ कराेडभन्दा बढीको कारोबार भएको छ । शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा रिडी पावर कम्पनीको १७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

    कुमारी धनबृद्धि योजना र सिंगटी हाइड्रो इनर्जी लिमिटेड १० प्रतिशतले मूल्य वृद्धि भएको हो । साथै बाराही हाइड्रोपावर र एनआइविएल समृद्धि कोषको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २१ कम्पनीमा उकलो लागेको छ भने १८४ कम्पनीमा ओरालो लागेको छ । एक कम्पनी भने स्थिर छ ।

    आज १३ उपसूचकहरूमध्ये ट्रेडिङबाहेका सबै उपसूचकहरू राताम्मै भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend