शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

इनासको आठौँ युरोपियन कार्यक्रम जर्मनीमा हुने

इनासको आठौँ युरोपियन कार्यक्रम जर्मनीमा हुने

युरोप । अन्तर्राष्ट्रिय नेपाल कलाकार समाज इनासको युरोप क्षेत्रीय समिति तथा इनास जर्मनीको संयुक्त आयोजनामा आगामी अप्रिल १४ र १५ तारिख जर्मनीको मुनिख शहरमा आठौँ इनास युरोपियन कार्यक्रम हुने भएको छ ।

युरोपमा नयाँ प्रतिभा प्रस्फुटनका निम्ति सुनौलो मंच बन्दै आएको इनासको यस बृहत कार्यक्रममा कलाकारहरुले युरोपका बिभिन्न राष्ट्रहरुबाट सहभागिता जनाउँदै आएका छन्।

युरोपियन कार्यक्रमको सम्पूर्ण जानकारी समावेस गरिएको पोस्टर सार्वजनिक गर्दै कार्यक्रमको घोषणा गरिएको छ। ईनास युरोप तथा ईनास जर्मनीको आयोजनामा सम्पन्न हुने कार्यक्रममा युरोपका बिभिन्न राष्ट्रहरुबाट सहभागिता रहने छ।

२ दिन सम्म चल्ने कार्यक्रममा पहिलो दिन ईनास युरोपको क्षेत्रीय बैठक हुनेछ भने दोश्रो तथा मुख्य दिन आठौँ युरोपस्तरीय एकल नृत्य र पाचौँ एकल गायन प्रतियोगिता हुनेछ । यसकोसाथै अन्य थुप्रै अतिथि कलाकारहरुको समेत प्रस्तुति दिनेछन्।

कार्यक्रमको व्यापक तयारीका लागि आगामी २८ जनवरी शनिवारका दिन म्युनिख स्थित प्रत्यक्ष बैठकको आयोजना गरिएको र कार्यक्रम सम्बन्धि अन्य ठोस जानकारी सोही बैठक पश्चात सार्वजनिक गर्ने इनासका युरोप संयोजक प्रकाश तिवारीले जानकारी दिए । ईनास युरोपले हरेक बर्ष आयोजना गर्दै आएको यो कार्यक्रम कोरोनाको महामारीका कारण २०२० मा घोषणा भएर अन्तिम तयारी गर्दा गर्दै स्थगित भएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend