logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

    पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

    1.4K
    Shares
    पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ ।

    केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend