मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

मुक्तिनाथ विकास बैंकले बोनस सेयर र नगद लाभांश दिने

मुक्तिनाथ विकास बैंकले बोनस सेयर र नगद लाभांश दिने

पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश दिने भएको छ । शनिबार पोखरामा आफ्नो सोह्रौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त लाभांश मध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष श्री भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले लेखा परीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्ताव पनि पारित गरेको छ । साधारण सभामा अध्यक्ष खगेन्द्रराज रेग्मीले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend