logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयो : गगन थापा

    नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयो : गगन थापा

    1.6K
    Shares
    नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयो : गगन थापा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसीर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर समेत गरे ।

    शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २÷४ दिन भएपनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको बेला भनेको समेत स्मरण गराए । महामन्त्री थापाले आफ्नो दलमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो अकन्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणा समेत राखे ।

    उनले भने, ‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भयो । कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो ? आईतबार फलानोले झुकाउन भएको थियो । सोमबार अर्कोले ठहरै पार्नु भयो । अहिले तपाईहरु सबैको मनमा के छ ? कुन चाँही भूतपूर्वले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याई राखेको होला । अस्ती सरकारलाई भोट किन हालेको होला । यो कुरा कसको मनमा छैन अहिले । तीन जना भूतपूर्व प्रधानमन्त्रीहरु त्यो एउटा अखडा भित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लव जस्तो । मैले अस्ती निर्वाचनको बेलामा भनेको थिए–मलाई निर्वाचित गराएर पठाउनु भयो भने कम्तिमा तीन वटा प्रधानमन्त्रीहरुको खेलको बीचमा ३÷४ दिन भएपनि सकूला, नसकूला मेरो ठाउँमा छ । तर म तीन जना पूर्वप्रधानमन्त्रीहरु बीचको भएको खेल, झेल वा यो कुराहरुभन्दा फरक प्रसंगमा २÷४ दिन भएपनि मुलुकलाई डोहो¥याउने प्रयास गर्छु । तपाईले याद गर्नु भयो भने मंसीर ४ गतेदेखि यहाँसम्म आईपुग्दा त्यही २÷३ दिन भयो होला, जतिखेर नेपाली काँग्रेस संसदीय दलको निर्वाचन भयो । त्यो बेला अरु विषयमा कुराकानी भयो होला । त्यो भन्दा बाहिर मंसीर ४ गतेबाट यहाँसम्म आईपुग्दा कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्नु भयो भन्ने बाहेक हामीले पढेको, सुनेको, बझाएको समाचार सुन्नै परेन । हामी यहाँसम्म आईपुग्यौं ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend