मंगलबार, चैत्र २६ २०८१

मंगलबार, चैत्र २६ २०८१

सबै दलले टुंग्याए मन्त्रीको नाम, यी हुन् मन्त्रीहरु (नामसहित)

सबै दलले टुंग्याए मन्त्रीको नाम, यी हुन् मन्त्रीहरु (नामसहित)

 

काठमाडौँ । सत्तारुढ दलहरूको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम फाइनल गरेका छन् । मंगलबार एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम फाइनल गरेका हुन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्‍ने टुंगो लागेको छ ।

एमालेबाट यसअघि उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन् । त्यस्तै राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारी मन्त्री भए पनि मन्त्रालय पाएका छैनन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन पाएको छ । जसमा नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भइसकेका छन् ।

माओवादीले सञ्चारमन्त्री रेखा शर्मा बनाउने भएको छ । सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भएको छ । त्यस्तै अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुशिला श्रीपालीलाईराज्यमन्त्री बनाउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित गृहमन्त्री रवि लामिछाने यसअघि नै भइसकेका छन् । अब रास्वपाको भागमा आएको दुई मन्त्रालयमध्ये श्रम मन्त्रीमा डोलप्रसाद अर्याल र शिक्षा मन्त्री शिशिर खनाल चयन भएका छन् ।

तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुने भएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उपप्रधानसहित ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्‌देन, कानुनमन्त्रीमा ध्रुबबहादुर प्रधान र सहरी विकासमा विक्रम पाण्डेको नाम टुंग्याएको हो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend