सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

सर्वदलीय बैठकबाट बाहिरिए अध्यक्ष ओली

सर्वदलीय बैठकबाट बाहिरिए अध्यक्ष ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिएका छन् । बालवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिएका हुन् ।

ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

एमालेबाट ओली बाहिरिएपनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल बैठकमै छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend