काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसका सभापति शेरबहादुर देउवासंग विश्वासको मत मागेका छन् । यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वासको मत माग्न सभापति देउवाकहाँ पुगेका हुन् ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।
आज बिहान जसपाका अध्यक्ष उपेन्द्र यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथमा सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।