logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु

    हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु

    1.2K
    Shares
    हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु

    काठमाडौं । हेलिकप्टर दुर्घटनामा परेर युक्रेनका गृहमन्त्रीको मृत्यु भएको छ । राजधानी कीभको पूर्वी उपनगरमा रहेको एक किन्डरगार्टन छेउमा हेलिकोप्टर खस्दा मन्त्रीसहित १८ जनाको मृत्यु भएको हो ।

    मन्त्री डेनिस मोनास्टिरस्कीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको युक्रेन सरकारले पुष्टि गरेको छ । हेलिकप्टर ब्रोभरीको उपनगरमा खसेको थियो ।

    मृत्यु हुनेमा दुई बालबालिका रहेको बीबीसीले जनाएको छ । दुर्घटनामा घाइते भएका १५ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा उपमन्त्री र राज्य सचिवको पनि मृत्यु भएको छ । हेलिकप्टरको भग्नावशेष जलिरहेको भवन बाहिर देखिएको छ ।

    किन्डरगार्टन नजिकै आगो लागेको क्षेत्रबाट बालबालिका र कर्मचारीलाई सारिएको छ । दुर्घटनाको समयमा कुहिरो लागेको बताइएको छ ।

    प्रारम्भिक रिपोर्टमा हेलिकप्टर आवासीय भवनको नजिक दुर्घटना हुनु अघि किन्डरगार्टनमा ठोक्किएको थियो । त्यहाँ रहेका केही कर्मचारी र बालबालिकाको पनि ज्यान गएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend