काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् विस्तारपछिको पहिलो बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । मंगलबारको मन्त्रिपरिषद् विस्तार पछि मन्त्रिमण्डल २३ सदस्यीय भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।