logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • एमाले अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामा छ की जस्तो भएको छः सांसद निधी

    एमाले अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामा छ की जस्तो भएको छः सांसद निधी

    1.8K
    Shares
    एमाले अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामा छ की जस्तो भएको छः सांसद निधी

    काटमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताए । उनले संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताए । उनले ओलीको भनाइले संघीयता नै खतरामा रहेको आशंका उब्जिएको बताए । उनले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि बताए । सांसद निधीले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको पनि बताए ।

    उनले भने, ‘प्रतिनिधि सभाको सभामुखको लागि उहाँ कुनैपनि नयाँ व्यक्ति हुनुहुन्न । उहाँ सबैभन्दा योग्य, अनुभवी, क्षमतावान, कल्पनाशील दूरदर्शी व्यक्तित्व हुनुहुन्छ । संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले नीति निर्देशन दिन मिल्छ र ? हामी झस्केका छौँ । जनता झस्केका छन् । प्रतिनिधि सभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ । बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ । उहाँले यस्तो भन्नुमा संघीयतामाथि नै खतरा आइरहेको छ भन्ने महशुस भएको छ । हामीले त्यो सबै कुरालाई ध्यानमा राखेर विश्वासको मत दिएका छौँ । विपक्षीले विश्वासको मत दिँदा खुशी मनाउनुपर्ने ठाउँमा चिन्ता हुन्छ भने के महत्व ? प्रतिष्पर्धालाई प्रतिशोधको भावनाले हेर्नु हुँदैन ।’

    सांसद निधीले जनताले देशमा राजनीतिक स्थिरता चाहेको बताए । उनले जनताले विकास, आर्थिक समृद्धि र शान्ति चाहेको भन्दै संसदको पूर्ण आयु काम हुनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend