logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

    ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

    1.4K
    Shares
    ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिँजडामा राख्ने प्रयास भएको बताएका छन्। संसदको बिहीबार बसेको बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् ।

    उनले भने , ‘हामीले ढोक्सा थापेका छैनौं। माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन। तर, माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा चैं नबनाउनका लागि मैले रोष्ट्रममा उभिएर अपिल गर्नै पर्ने हुन्छ।’

    ‘०७४ सालमा हामीले उच्चस्तरिय संयन्त्र बनाऔं भन्दा यसलाई संविधानले नै चिन्दैन भन्नुभयो, तर अहिले तपाईं त्यही उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक हुनुुहन्छ। संविधानले नचिन्ने यो संयन्त्रको संयोजक किन बन्नुभयोरु देशका प्रधानमन्त्रीलाई पिँजडामा पार्न?’ उनले भने।

    सांसद शर्माले पार्टीका संस्थापक नेता बीपी कोइरालाका अनुयायी न्यौपानेलाई सक्षय,योग्य र अनुभवका आधारमा सभामुख पदको उम्मेदवार बनाएको जिकिर गरे।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend