सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

जे जस्तो भए पनि छातीमा मुड्कीले हानेर सभामुखमा ईश्वरीलाई समर्थन गर्छौं : चित्रबहादुर केसी

जे जस्तो भए पनि छातीमा मुड्कीले हानेर सभामुखमा ईश्वरीलाई समर्थन गर्छौं : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन् । बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै अहिले पनि प्रतिगमन नसच्चिएको बताउँदै न्यौपानेको पक्षमा मतदान गर्ने बताए ।

सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘जे भए पनि जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई समर्थन गर्छौं ।’

नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामा उनले असन्तुष्टि जनाए ।

उनले नयाँ सरकार गठनका बेला धेरै नाटक देखिएको पनि बताए । उनले पहिला भन्दा यसपटको संसद र सरकार बनेको प्रक्रियाले झन अप्ठेरो अवस्थामा पुगेको भन्दै लोकतन्त्र हुन नसकेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend