बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

१० नेपाली र दुई कोरियन नागरिकको शव परिवारलाई बुझाइयो

१० नेपाली र दुई कोरियन नागरिकको शव परिवारलाई बुझाइयो

cGgk"0f{, # df3M kf]i6Dof6dsf nflu zj sf7df8f}F n}hfg] tof/L kf]v/fl:yt ;]tL gbL vf]+rdf cfOtaf/ otL Po/nfOG;sf] ljdfg b'3{6gf x'Fbf Hofg u'dfPsfx?sf] klxrfg x'g g;s]kl5 zj kf]i6Dof6dsf nflu sf7df8f}+ n}hfg] tof/L ul/Fb} . tl:a/ M wgaxfb'/ u'?ª÷/f;;

काठमाडौँ । गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकोमा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ ।

माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो ।

काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी आज सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ ।

जिम्मा लगाइएकामध्ये १० नेपाली र दुई शव कोरियन नागरिकको रहेको छ । पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

पहिचान नखुलेका शवको भने डिएनए परीक्षण गरेर मात्र परीक्षण गरी मृतकका परिवारलाई बुझाइने छ । चालक दलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजी जारी रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend