सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछु : सभामुख घिमिरे

प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछु : सभामुख घिमिरे

;efd'v kbdf l3ld/] lgjf{lrt sf7df8f}F, % df3M k|ltlglw;efsf] ;efd'v kbdf laxLaf/ lgjf{lrt x'g'ePsf b]j/fh l3ld/] . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन् । शुक्रवार सभामुखको पद तथा गोपनियताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका हुन् ।

उनले संसदलाई अझ बढी क्रियाशिल बनाउन पनि प्रयत्न गर्ने बताए । उनले संसदलाई प्रभावकारी ढंगले अगाडी बढाउने बताए । सभामुख घिमिरेले भने – ‘नेपाली जनताको प्रतिनिधि संस्था संघीय संसद भनेको सर्वोच्च विधायिका संस्था हो । यो संस्थाको प्रयोग हामीले नयाँ संविधान बनाएपछि एक अवधि ग¥यौँ । त्यसलाई नेपालीपनको हिसावबाट अझ बढी व्यवस्थित, अझ बढी क्रियाशिल, अझैबढी मर्यादित बनाउनको लागि सबैको प्रयत्न हुनेछ । त्यसको नेतृत्व गर्ने मैले जिम्मेवारी पाएको छु, र यसलाई प्रभावकारी ढंगबाट संघीय संसदलाई अगाडी बढाउने कुराहरु गर्नुपर्छ । यही कुरामा मिडियाकर्मीहरु लगायत सबै साथीहरुको सहयोगको अपेक्षासहित मैले अगाडी लाने सोच बनाएको कुरा राख्दछु ।’

सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend