
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले सञ्चारमाध्यमप्रति असन्तुष्टि जनाएका छन् ।
हत्याअभियोग लागेर फरार सांसद संसदमै उपस्थित हुँदासमेत गृहमन्त्री मुख दर्शक बनेको भन्दै आलोचना भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियुक्त समातिने बताएका हुन्। यसअघि मन्त्रालयले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्रन प्रहरीलाई निर्देशन दिएको थियो।
हिजो पत्रकार हुँदा नेता र सरकारको खेदो खन्ने अहिले आफू जिम्मेवारीमा पुग्दा स्टन्टबाजी र पुरानै नेताको जस्तो हबिगत देखिएको भन्दै विरोध भइरहेको छ। त्यतिमात्र होइन उनले पत्रकारिताप्रति नै असन्तुष्टि जनाएका छन्। ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ । थोरै पर्खिनु चाहिँ पर्छ ।’ लेखेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend