बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सांसद रामहरि खतिवडाको प्रश्नः गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो ?

सांसद रामहरि खतिवडाको प्रश्नः गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका छन् । शनिवार उपसभामुखको निर्वाचनका लागि बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।

गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका हुन् ।

गृहमन्त्रीको केटाकेटीपन देखिएको भन्दै उनले भने, ‘गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन त्यहाँ गर्नुभएन’ उनले प्रश्न गरे, ‘गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो ?’

प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै खतिवडाले गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने पनि बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend