सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

अबको लडाईं राष्ट्रपतिका लागि हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ : चित्रबहादुर केसी

अबको लडाईं राष्ट्रपतिका लागि हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुबीच अबको लडाईं राष्ट्रपतिका लागि भएको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचनका विषयमा बोल्दै उनले दललहरुले कम्फर्टेबल राष्ट्रपति खोजेको बताए ।

‘अबको लडाईं भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिएको छ’ उनले भने, ‘त्यसले गर्दा राष्ट्रपतिले सभामुखले दूधको दूध पाानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ, सक्दैन, यो रोगबाट हामी मुक्त हुनुपर्छ । हामीले संसदीय प्रणालीको बखान गर्न नथाक्ने अनि त्यसको नियमलाई प्रणालीलाई नमान्ने भएपछि वास्तवमा हामीले यो संसद्लाई राम्रोसँग चलाउन सक्दैनौँ ।’

नेपाल पितृसत्तात्मक देश भएको उल्लेख गर्दै महिलालाई अझै दोस्रो दर्जाको व्यवहार गर्ने गरिएको बताउँदै हरेक पदमा महिलालाई महिलासँग प्रतिस्पर्धी गराउनुपर्ने, दलितको कोटामा दलितसँग नै प्रतिस्पर्धा गराउनुपर्ने बताए । महिलामाथि भएको विभेद महिलाले मात्रै हटाउन सक्ने बताउँदै उनले पुरुषले गराउन नसक्ने बताए ।

उनले नेपालको एयरपोर्टबाटै महिला बिक्री हुने गरेको र त्यहाँबाट हुन नसके भारत र श्रीलङ्काको एयरपोर्ट प्रयोग गरेर महिला बिक्री हुने गरेको थाहा छ कि छैन भन्दै प्रश्न गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend