बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सुर्खेत सवारी दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

सुर्खेत सवारी दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना भई आज चार यात्रुको ज्यान गएको थियो ।

प्रधानमन्त्री दाहालले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले घाइते यात्रुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend