काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा प्रतिनिधिसभातर्फ २० सिट जितेको थियो । तर, सो पार्टी प्रदेशतर्फको निर्वाचनमा भने सहभागी भएको थिएन ।
पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन गरिनेछ ।
जसअनुसार माघ १४ गते प्रदेश १ को भेला विराटनगरमा हुने छ भने माघ १६ गते जनकपुरमा मधेश प्रदेशको भेला हुनेछ । बागमतीको भेला मकवानपुरमा माघ १८ गते , गण्डकीको भेला पोखरामा माघ २१ गते, लुम्बिनीको भेला दाङमा माघ २४ गते, सुदूरपश्चिमको भेला धनगढीमा माघ २६ गते र कर्णाली प्रदेशको भेला सुर्खेतमा माघ २८ गते गर्ने तय भएको छ ।