logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न निगमलाई मन्त्री किरातीको निर्देशन

    आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न निगमलाई मन्त्री किरातीको निर्देशन

    2K
    Shares
    आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न निगमलाई मन्त्री किरातीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

    कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिर्पोट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किरातीको कडा निर्देशन थियो । उनले निगमको समस्या समाधान हुने गरी विजनेश प्लान तत्काल बनाएर आफू समक्ष पेश गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए । गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो । सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरुको स्वागत कार्यक्रममा बोल्दै उनले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाई गर्न नहुने बताए । यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने पनि मन्त्री किरातीले स्पष्ट पारे ।

    उनले भने, ‘अव हामीलाई विजनेश प्लान चाहियो । प्रत्येक दिन यहाँको रिर्पोट हामीलाई मन्त्रालयका चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिले भयो ? किन भयो ? कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काटयो ? त्यो रिर्पोट हामीलाई चाहिन्छ । हामीले पनि त जवाफ दिनुप¥यो । बेलुका हामीलाई सोध्छन मान्छेले । मन्त्रालयबाट फर्कदाखेरी म जहाजको रिर्पोट हेर्दै फर्कन्छु । म ढिले फर्कन्छु कहिले काँही त ११ पनि बज्दैछ । म ८÷९ बजेत मन्त्रालयमा अनिवार्य रुपमा नै हुन्छु । यसको रिर्पोट के माध्यामले तपाईहरुले पठाउने हो, रिर्पोट मलाई चाहिन्छ । मन्त्रालयलाई रिर्पोट चाहिन्छ । अव हाम्रो कस्तो हुँदै गयो भने समस्यालाई हात्ति जत्रो, समाधानको स्रोत चाँही झिंगोको टाउँको जत्रो भएपछि कसरी हन्छ ? समस्यालाई भकुन्डो जत्रो, समाधानको स्रोत चाँही गुँच्चा जत्रो । अव समाधानको स्रोत तपाईँले भकुण्डो जत्रो देखाउन सक्नुपर्छ विजनेश प्लानमा ।

    हाम्रो समस्या केही पनि होइन भनेर तपाईहरुले दिने गरी ल्याउनु पर्छ । र, गम्भिरताका साथ तपाईहरुलाई भन्छु–जुत्ता फटाउने कोसिस कसैले पनि नगर्नु होला है । कृपया जुत्ता फटाउने कोसिस नगर्नू होला । बुझ्नु भयो होला । यो त पाँच सय जनाले चलाएको देश हो के । सबै एक घण्टामा थाहा पाईन्छ । १५ वर्ष भयो नि हो सिंहदरवार बसेको । पाँच सय जनाको परिधि भित्र यो देश चल्छ । जुत्ता फटाउने काम नगर्नुस । जेजेभयो भैसक्यो अव त्यो । आज्सम्म जेजे भयो, आईन्दा यस्तो नहोस् । नीतिमा हामी छौं । तपाईहरुले काम, कार्ययोजना, कार्यक्रम लिएर यसलाई साँच्चै गौरवको विषय बनाउन प्लान चाहियो ।

    एक महिना भित्र अनलाईन टिकटको व्यवस्था गरौं । यतिले सक्छ, सिताले सक्छ, बुद्ध एयरले सक्छ । यसले किन सक्दैन । सकिदैन भने राजीनामा दिएर गए हुन्छ ।’

    मन्त्री किरातीले १ महिना भित्र अनलाईन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन पनि निगमलाई निर्देश गरे । उनले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरुले तत्काल गरिदिने पनि बताए । मन्त्री किरातीले निगमलाई मान्छेहरुले घृणा गर्ने गरेको उल्लेख गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पटकपटक दोहो¥याए । निगमलाई समय, सन्दर्भ वा आफू कसैले पनि असफल हुने छुट दिन नसक्ने उनको भनाई थियो । उनले आफूले सेतो लुगा लगाउने गरेको भन्दै कालो दाग लगाउने प्रयास नगर्न पनि सचेत गराए । मन्त्री किरातीले निगमजस्तो मुलुकको गौरवशाली संस्था डुबेको आफूले टूलूटूलू हेरेर बस्न नसक्ने बताए ।

    उनले भने, ‘भोजपुरको मेरो गाउँमा जहाज आउँदा म खुशी हुन्थे । र, छोडेर जाँदा म रुन्थे । यही जहाज हो । मेरो आमालाई पनि म रुवाउँथे । हप्ता दिनमा एक दिन आउँथ्यो होला त्यता जहाज । म त जहाज र गाडी भएको ठाउँमा हुर्किएको मान्छे । यो जहाजले कुनै बेला मलाई रुवाउँथ्यो । र, मैले भन्थे–जाउँ हाम्रो हङकङ, जाउँ हाम्रो बु्रनाई । त्यतै जन्मेको, त्यही हुर्केको हुनाले । त्यसपछि म सांसद भएर आए । दोस्रो पटक आउँदा चाँही म यही मन्त्रालयसँग सम्बन्धित परराष्ट्र र यो नागरिक उडड्यानसँग सम्बन्धित समितिमा काम गर्ने मौका पाए । यो निगमको स्थिति बुझ्दा म दोस्रो पटक रोएँ ।

    म यो जहाजको कारण २ पटक रोईसकेको छु । संयोग पनि कस्तो यही जहाजको मन्त्री हुन आईपुगिएछ । अव, तेस्रो चोटी चाँही रुन नपरोस् । म त यो जहाजको कारणले रोएरोए । अव यही जहाजको कारणले म हाँस्नु प¥यो । हाँस्न चाहन्छु । सबैको नजर यहीँ छ । एउटा कथा पनि सम्झिए हैं यही बेला । पश्चिममा रोधी गाईन्छ । तपाईहरु पश्चिमको साथीहरु हुनुहुन्छ भने । जब रोधी घन्किदै जान्थ्यो । रोधीको त्यो घन्काईसँगै मादलको छेउमा आएर एउटा खरायो मडारिन्थ्यो । रोधी गाउन्जेल खरायो मडारिन्थ्यो । सकिएपछि खरायो घर फर्किन्थ्यो । भोली पनि त्यसै गथ्र्यौ, पर्सी पनि त्यसै गथ्र्यो । सधैं त्यसै गर्दथ्यो । त्यो एउटा आश्चर्य भयो । अनि, आयोजकले सोध्यो सबै कलाकारहरुलाई बिदाई गरेर यो खरायो किन आउँछौं तिमी ? रोधी गाउँन्जेल बस्छौं । मडारिन्छौं । फेरी फर्कन्छौं । खरायोजले भनेछ–जतिजति यो रोधीमा मादल घन्किदै जान्छ । त्यतित्यति मेरो मेरो शरीर टाउँको देखेर जान्छ । किनकी यो मादल त मेरो आमाको छालाले पो मोडिएको रहेछ । आज हामीलाई दुःखेको छ ।

    हामी सबै यहाँ देशभक्त होलाउ । देशलाई माया गर्ने मान्छौ हामी यहाँ । किन हाम्रो यत्रो गौरवको, वायु सेवा निगम हाम्रो गौरवको विषय हो । जसले ४० औं हजार माथि राष्ट्रिय झण्डा बोकेर अर्काको देशमा यात्रु पु¥याउने र ल्याउने काम गर्छ । एयरपोर्ट हाम्रो अनुहार हो । जहाज हाम्रो गौरव हो । सबभन्दा पनि मानिसको व्यहोरामा जाँदैन । बानीमा जाँदैन । नजर त अनुहारमा जान्छ । जो हाम्रो गौरव हो, अनुहार हो । अव यो राम्रो हुनुपर्छ । हुनुपर्छ, हुनुपर्छ । र, हुनुपर्छ । अरु कुरा म जान्दिन । काम चाहियो अव । पहिलापहिला एनएसीको कर्मचारीसँग चेलीहरु विवहा गर्न खोज्थे । छोरी दिनका लागि होडबाजी चल्थ्यो भन्थ्यो है । तर आज एनएसी भनेपछि नाक छोपेर मान्छेहरु किन हिँडछन ? एनएसीको मान्छेजति फोहोरी कोही छैन भनेर मान्छेले किन घृणा गर्छन ? यसको उत्तर यो कार्यकालमा हामीलाई चाहिन्छ । होइन हामी सफा छौं । हामी फोहोरी छैनौं । हामी हिजोजस्तै योग्य छौं । हामीले यो प्रश्नको उत्तर दिनै पर्छ । म यो कार्यालय पसेर यहाँसम्म आइपुग्दा यो कार्यालयको मिटिङ हल सबै हेर्दा मलाई दयनीय नै लाग्छ । अव यो धेरै गरिव छ । त्यसो भएको हुनाले काम चाहिन्छ । म भन्दैछु–म सेतो लुगा लगाएको मान्छे हुँ । कृपया कालो हातले छुने कोसिस नगर्नुहोला कसैले पनि । कालो हातले छोएर नचिनिने भएर फर्कन्छन रे मान्छेहरु यहाँबाट ।

    मैले त फेरी चिनिएर फर्कनु छ । मलाई केही लोभ छैन । मेरो बुबाले मलाई संकटकालमा जेलमा भेटन आउँदा राजनीतिमा र नजानेको मेरो बुबाले मै जस्तो लाहुँरे भईहाल्थिस । आइडी पनि थियो भन्दै रोएको मेरो आँखामा छ । एउटा वडाध्यक्ष पनि हुन्छु भनेर म राजनीतिमा लागेको होइन है साथीहरु । तर मन्त्री भए । प्रधानमन्त्री हुन्छु भन्ने सपनामा पनि छैन । तर मैले बुझेको छु–यो मेरो जीवनको अग्नी परिक्षा हो । म आगोमा खरानी हुन तयार छु । तर राज्यको यति ठूलो गौरवपूर्ण संस्था डुबेको टुलुटुलु । हेर्नै सक्दिन । तर म मुर्ख पनि गर्दिन । कानुनका बाटाहरु छन । विनम्रताले संसार झुकाउँछ भन्ने महात्मा गान्धीको भनाई मेरो मुटु भित्र छ । त्यसकारणले बनाउनु पर्छ, बनाउनु पर्छ । र, फेरी बनाउनु पर्छ । म बाट कुनै भेदभाव हुँदैन । कुन विचारमा तपाईहरु लाग्नु भएको छ ? कति भाषण गर्न जान्छु हुन्छ । म त्यो हेर्दिन । हामीलाई काम चाहियो । परिणाम चाहियो । जातको आधारमा, क्षेत्रको आधारमा, लिंगको आधारमा, रंगको आधारमा, विचारको आधारमा, सिद्धान्तको आधारमा तपाईहरुमाथि भेदभाव हुँदैन ।

    भेदभाव हुन्छ त अव काममा हुन्छ । काममा हुन्छ भेदभाव । त्यसकारणले मलाई काम चाहिन्छ । हामीले आकाश झार्छौ भनेकै होइन क्या । त्यसो भनेको भए पो यो मन्त्री मानिस रुपमा चेकजाँच गर्नुपर्ने रहेछ भन्नु । दुनिया प्लेन नाफामा छ । हाम्रो यत्रो जहाजहरु कहाँदेखि कहाँ भासिसक्यो । यो बनाउछु भन्नु त पागलपन होइन होला नि । म त बहुलाएको छु जस्तो लाग्दैन । ठिकै छु जस्तो लाग्छ मानसिक रुपमा । त्यसकारणले हामीले आकाश झार्छौं भनेको होइन । यो जहाजको हालत त यस्तो छ छ । पर्यटन मन्त्रालय मात्रै होइन, यो संस्कृति मन्त्रालय पनि हो । र, संस्कृतिको विकास पनि हामीले गर्नुछ । संस्कृति त व्यवहारबाट जन्मिन्छ । लेनिनले सोभियत संघ जितेपछि त्यहाँका युवाहरुले कस्तो हुन्छ समाजवादी संस्कृति भनेर सोधेका थिए रे । लेनिनले भनेछन रे–समाजवादको बारेमा अहिले मलाई केही थाहा छैन । संस्कृतिको बारेमा थाहा हुने कुरै भएन । त्यो त गएर तटस्कीलाई सोध । तटस्कीलाई गएर युवाहरुले सोध्यो । लेनिनले पठाउनु भएको समाजवादी संस्कृति कस्तो हुन्छ ? समाजवादी संस्कृति अहिलेसम्म संसारमा कहीँ छैन । समाजवाद नै छैन । कसरी समाजवादी संस्कृति थाहा हुन्छ ? हामीले आज गर्ने काम भोली संस्कृति बन्ने गर्छ । त्यसकारण काम राम्रो गर्नु पर्छ । त्यही सो संस्कृति ।

    देश बनाउने हुटहुँटी सबैसँग छ । चिया, चमेना सबै ठाउँमा देश बनाउने कुरा गर्छौं । तर हाम्रो काम भने किन हामी गर्दैनौं ? आज राम्रो काम गरौं । त्यो काम भोली संस्कृति बन्छ । त्यसकारण उडड्यन, पर्यटनको कुरा मात्रै होइन । संस्कृति मन्त्रालय पनि भएको हुनाले हामीले संस्कृति निर्माण पनि गर्नु पर्नेछ । हामीले हिँड्ने पाईलाहरु अंगाल्दाखेरी नागरिकले उसको जीवन दर्शन बन्नुपर्छ । त्यो हो संस्कृति । त्यसकारण यहाँ हामीलाई असफल हुने छुुट नै छैन । मैले भनेको छु–पदबहालीमा । पहिला हामी गाडीको गियर लगाउँदैनौं, स्टार्ट गर्दैर्नौं । पहिला चेकजाँच गर्छौं । हामी अहिले पनि चेकजाँचकै स्थितिमा छौं । हामीले गाडी स्टार्ट गरिसकेकै छैनौं । जब गाडी स्टार्ट गर्छौं, त्यसमा हामी सबै नछुटि जाउँ । हाम्रो उद्देश्य एउटै हो यो निमग बनाउने । साच्चै एउटा गौरवको विषय बन्ने । तपाई हामी सबै मरेर जान्छौं । को छ अजम्बरी ? अजम्बरीको सर्टिफिकेट मसँग पनि छैन । आमी मरेर गएपनि बदमास काम ग¥यो भने हामीलाईं चिहानबाट उठाएर सराप्ने, थुक्ने गर्छन । फलाना त खराव थियो भनेर । तर हामी मरेर गएपनि नमर्ने कुरा भनेको काम हो, कीर्ति हो । तपाईहरुलाई के मृत्युदेखि डर लाग्दैन ? मृत्युदेखि डर लाग्छ भने काम गर्नुपर्छ अहिले । त्यसकारण हामीले काम गर्नुको विकल्प छैन । असफल हुने त न समयले, नसन्दर्भले, न मैले पनि त्यो छुट नै छैन । असफल हुने त हामीलाई छुट नै छैन ।’

    मन्त्री किरातीले अन्य जहाजहरु नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्ने समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend