बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रहरीले लगायो रोक

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रहरीले लगायो रोक

काठमाडौँ । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गर्दै काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ।

जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend