बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय-गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय-युवराज दुलाल ‘शरद’, सामाजिक विकास मन्त्रालय-कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालय-केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालय-एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालय-रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय-डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालय-राजु बिष्टलाई शपथ ग्रहण गराएका हुन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend