logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • गत निर्वाचनमा अनलाइन मिडियाको दुरुपयोग भएन

    गत निर्वाचनमा अनलाइन मिडियाको दुरुपयोग भएन

    819
    Shares
    गत निर्वाचनमा अनलाइन मिडियाको दुरुपयोग भएन

    काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताएका छन् । बिहीवार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष बस्नेतले निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताएका हुन् ।

    उनले निर्वाचन अघि उम्मेदवार र दलहरुले ‘न्यु मिडिया’ तथा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग हुने हो कि भन्ने त्रासदी भएको भएपनि परिणाम त्यस्तो नभएको बताए । निर्वाचन गराउन सरकारी संयन्त्रहरु प्रभावकारी देखिएको उनले उल्लेख गरे । आफूहरुले चुस्त, दुरुस्त ढंगले काम गरेकाले तुलनात्मक रुपमा कम अफ्ठ्यारो भएको उनको भनाई थियो ।

    उनले भने– ‘यो चुनावमा खासगरी न्युमिडियाको प्रभाव, उपस्थितिका कारणले धेरै नै समस्या पर्छ कि । निकै ठूलो हो हल्ला हुन्छ कि, एक दल बिरुद्ध अर्को दल, एक नेता बिरुद्ध अर्को दल, अर्को नेताले सामाजिक सञ्जाल लगायत अनलाइन र न्यु मिडियाको साह्रै ठूलो दुरुपयोग हुन्छ कि भनेर त्रासदी थियो । चुनाव भन्दा अगाडि । तर, चुनावी परिणाम आइसक्दाखेरी त्यो खालको देखिएन । त्यसको अर्थ हाम्रो संयन्त्रहरु प्रभावकारी नै देखिए । हामीले चुस्त, दुरुस्त ढंगले नै काम गरेको हुनाले तुलनात्मक रुपमा कम अफ्ठ्यारो भयो । निर्वाचन आयोगले सोचेजस्तो अफ्ठ्यारो आएन । यो राम्रो संकेत हो ।’ उनले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरुलाई रोक्नका लागि आवश्यक परे विद्यमान कानूनहरुलाई सच्याउनुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend