मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गरेका छन् । बिहिबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहेका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले मधेसको विकासका लागि हरेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्न मधेसको गौरव आयोजनाका रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले पछिल्लो सरकारको पालामा भएका राम्रा कामको समिक्षाका साथै बाँकी कामका विषयमा योजना बनाएर अघि बढ्ने बताए ।

यसैगरी जनमत पार्टीका मन्त्री बसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गे ।

जनमत पार्टीले किसान आन्दोलन गरेको स्मरण गर्दै उनले किसानहरुको समस्या समाधानमा पहल गर्ने बताए । यसका लागि मधेस प्रदेशमा किसान कार्ड लागू गर्ने योजना रहेको मन्त्री कुसाहाले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend