मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

आप्रवासी सवार डुङ्गा डुब्दा ५ जनाको मृत्यु, १६ जना बेपत्ता

आप्रवासी सवार डुङ्गा डुब्दा ५ जनाको मृत्यु, १६ जना बेपत्ता

एजेन्सी । डुङ्गा चढेर क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलाउन भएका उनीहरूको डुङ्गा डुब्दा ज्यान गएको हो ।

शक्तिशाली छालमा डुङ्गा डुबेको जीवित उद्धार गरिएकाहरूलाई उद्धृत गर्दै क्युवाको आधिकारीक समाचारपत्र क्युवाडेबेटले जनाएको छ । समुद्रबाट तटरक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए । डुङ्गामा सवार १२ जना अझै हराइरहेका छन् ।

विगत केही महिनायता फ्लोरिडाको समुद्री मार्गबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्या बढेको छ । अमेरिकी तट रक्षकहरूले गत अक्टोबर १ देखि हालसम्म पाँच हजार तीन सय २१ जना क्युबालीलाई समुद्रमा रोकेका थिए भने त्यसअघिका पहिलो नौ महिनामा छ हजार एक सय ८२ जनालाई आफ्नो भूमिमा प्रवेश गर्न दिएका थिएनन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend