logo

२०८१ मंसिर २ आइतबार

logo
  • आइतबार, २ मंसिर २०८१
  • सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेन : पूर्वसभामुख ढुंगाना

    सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेन : पूर्वसभामुख ढुंगाना

    1.1K
    Shares
    सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेन : पूर्वसभामुख ढुंगाना

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्ववन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्ववन भए/नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको बताए । उनले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको बताए । उनले तत्कालको लागि सोचेर कोही मानिसलाई मन्त्री हुनबाट र वा अन्य प्रयोजनका लागि रोक्न संविधान बन्ने गरेकोप्रति दुःख व्यक्त गरे ।

    पूर्वसभामुख ढुंगानाले अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको संविधान भएको बताए ।
    उनले भने, ‘संविधान युगौंयुगको लागि बनाइने हो, तर हामीलाई तत्कालको बेलामा एउटा सदस्यलाई मन्त्री बन्नबाट रोक्नको लागि बनाएका छौँ । संविधानमा दूरदृष्टि हुनुपर्छ, त्यो हाम्रोमा भइरहेको छैन, हामीले तत्कालिक कुरालाई रोक्नका लागि संविधान बनाएका छौँ । सबैलाई बाँध्नका लागि संविधान बनाउँदा कसैलाई पनि नबाँधिने संविधान भएको छ, अहिले संविधानले कसैलाई बाँधेको छैन । संविधानको कार्यान्वयन हेर्न एउटा उच्च निकाय बनाउन आवश्यक छ ।’

    पूर्वसभामुख ढुंगानाले सबैलाई बाँध्नका लागि बनाएको संविधान कसैलाई पनि नबाँध्ने किसिमको भएको उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend