logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव छैन : सांसद पौडेल

    औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव छैन : सांसद पौडेल

    1.1K
    Shares
    औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव छैन : सांसद पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गरेका छन् । आईतवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न जरुरी रहेको बताए । सांसद पौडेलले मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोग सम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको बताए । उनले गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यक्ता रहेको बताए । उनले गंगालाल अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइ दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले अब पनि औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव नरहेको जिकिर गरे ।

    उनले भने, ‘सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमता विकास गर्ने स्थिति कसरी विकास गर्न सकिन्छ । लगानीको पक्षबाट, व्यवस्थापनको पक्षबाट, इमान्दारिताको पक्षबाट हामीले त्यसलाई हेर्न जरुरी छ । गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्नुपर्छ । प्रतिष्ठानको रुपमा विकास गर्नुपर्छ । मुटु रोगको उपचार गर्ने जनशक्ति हामीले उत्पादन गर्न आवश्यक छ । त्यसका लागि अनुसन्धान गर्न आवश्यक छ । गंगाललार अस्पताललाई प्रतिष्ठान बनाउने कुार आवश्यक छ, यो देशको आवश्यक्ता हो । यो कार्यक्रम चाँडो अघि बढाइयोस्, जनताको व्यवस्थापन हामी यहीँ गर्नसक्छौँ । त्यसका लागि प्रशस्त सार्वजनिक जग्गाहरु छन् । ती ठाउँहरु हामीले प्रयोग गर्नसक्छौँ । अनुसन्धान केन्द्रका रुपमा मुटुरोग उपचारको विशिष्ट अस्पतालको रुपमा दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन जरुरी छ । अब औपचारिकतामा नै सिमित रहेर परिवर्तन गर्न सकिँदैन । आक्रामक ढंगबाट परिवर्तन गर्नुपर्ने स्थिति छ । नागरिकता दिनु मात्रै राज्यको दायित्व होइन, हरेक नागरिकलाई पीडामा, दुःखमा, समस्यामा साथ दिनुपर्छ ।’

    सांसद पौडेलले सरकारी कार्यलयहरुमा काम गर्नेहरुको सुविधाका बारेमा राज्यले पुनःविचार गर्नुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend