काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।
ढकालले भने, ‘नागरिकता लिएर फर्किने बित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गरिन्छ ।’
रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।