logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेप्से परिसूचक दोहोरो अंकले गिरावट

    नेप्से परिसूचक दोहोरो अंकले गिरावट

    1.4K
    Shares
    नेप्से परिसूचक दोहोरो अंकले गिरावट

    काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक आज १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भएको छ ।

    यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८३ अङ्कले ओरालो लागेर चार सय १० दशमलब ३१ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

    कारोबार भएकामध्ये कूल ४८ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने एक सय ६१ कमपनीको मूल्यमा गिरावट भएको छ । त्यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर  तीन अर्ब एक करोड ७० लाख ६३ हजार नौ सय ५६ मूल्यमा कारोबार भयो । आइतबारको कारोबारपछि बजार पुँजीकरण  ३१ खर्ब २९ अर्ब ३० करोड ८५ लाख एक सय ७४ पुगेको छ ।

    कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको  नौ करोड ९९ लाख चार हजार तीन सय ९२ बराबरको कारोबार भयो । हिमालयन ऊर्जा विकास कम्पनी  नौ करोड २१ लाख १८ हजार सात सय ४२, एनआइसी एशिया बैंकको  सात करोड १३ लाख १८ हजार तीन सय एक, आँखु खोला जलविद्युत् कम्पनीको  छ करोड ८३ लाख ७० हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको  छ करोड ६२ लाख ४७ हजार सात सय ९३ बराबरको शेयर कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

    नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आर्दश लघुवित्त र सूर्योज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै, समृद्धि फाइनान्स छ दशमलब शून्य नौ, सिभिल लघुवित्त छ दशमलब शून्य आठ, सूर्योदय बोमी लघुवित्त पाँच दशमलब २८, ग्रीनलाइफ इन्स्योरेन्स पाँच दशमलब शून्य सात र गणपति लघुवित्तका लगानीकर्ताले चार दशमलब ६८ प्रतिशतले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend