logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • रवि लामिछानेको नागरिकता प्रकरणले पार्टीलाई नै धपेडी

    रवि लामिछानेको नागरिकता प्रकरणले पार्टीलाई नै धपेडी

    1.6K
    Shares
    रवि लामिछानेको नागरिकता प्रकरणले पार्टीलाई नै धपेडी

    काठमाडौं । रवि लामिछानेको नागरिकता प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै धपेडी भएको छ । लामिछानेका कारण रास्वपाले आइतबार एकैदिन तीन वटा बैठक बस्नु पर्‍यो । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः रवि लामिछानेलाई नै सभापतिमा चयन गरेको छ । आईतवार काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले सो निर्णय गरेको हो ।

    यसअघिकाे बैठकले उनलाई पार्टीको सदस्यता वितरण गरेको थियो । संगठित सदस्य वितरण गरेपछि बसेको केन्द्रिय समिति बैठकले सभापतिमा फेरि रवि लामिछानेलाई सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

    लामिछानेले आईतवार (आजै) बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नयाँ नागरिकता लिए । नागरिकता लिने प्रक्रिया पूरा नगरेको फैसला सर्वोच्च अदालतले गरेपछि गत शुक्रवार उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेको थियो भने पार्टी सभापति पद पनि गुमाउनु परेको थियो । केन्द्रिय समिति बैठकले सबै प्रक्रिया पूरा गरेर उनलाई सभापतिमा सर्वसम्मतिले चयन गरेको प्रवक्ता ढकालले बताए ।

    उनले भने, ‘पार्टीको सदस्यता प्राप्ती गर्ने प्रक्रिया पूरा गर्नुभयो । त्यसपछि बसेको पार्टीको केन्द्रिय समिति बैठकले पार्टीको सभापतिमा मनोनित गर्ने सर्वसम्मत निर्णय गर्‍यो । योसँगै पार्टी सभापतिमा रवि लामिछाने चयन हुनुभएको छ । यो सर्वसम्मत निर्णय हो ।’

    त्यसलगत्तै सभापति लामिछानेको सभापतित्वमा बसेको केन्द्रिय कार्य समिति बैठकले पार्टीको सबै प्रदेशमा संगठन बिस्तार गर्ने कार्यतालिका आगामी माघ २१ गतेबाट पुनः सुचारु गर्ने निर्णय पनि गरेको छ । लामिछानेले पार्टीको सभापति पद गुमाएपछि स्थगित गरिएको सबै प्रदेशको संगठन बिस्तार सम्बन्धि कार्यतालिका पुनः सुचारु गराउने निर्णय पनि गरिएको प्रवक्ता ढकालले बताए

    उनले भने, ‘पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा अर्को बैठक पनि बस्यो । र, त्यो बैठकले जुन संगठन बिस्तारको कार्यतालिका विशेष परिस्थितिले जुन स्थगित गरिएको थियो । त्यो स्थगित गरिएको जुन कार्यतालिका थियो, त्यसलाई पुनः सुचारु गर्ने माघ २१ गते गण्डकी प्रदेशबाट सुचारु गर्ने र गण्डकी हुँदै लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, त्यसपछि जुन प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशको छ । त्यो कार्यकातिका पनि संगठन विभागले प्रकाशित गरेर प्रदेशको बिस्तारित समितिको बैठक सुचारु गर्ने निर्णय गरिएको छ ।

    गृह मन्त्रालयमा दाबी

    यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो पार्टीको दाबी स्वभाविकै हुने बताए । आफ्नो पार्टीको जिम्मेवारीमा परेको सो मन्त्रालयमा आफूहरुको दाबी हुनु अन्यथा नहुने उनको भनाई थियो ।

    प्रवक्ता ढकालले भने, ‘अहिले नै यी विषयहरुमा हामीले छलफल गरेका छैनौं । तर पनि हाम्रो आम बुझाई के हो भने समस्या हाम्रो पार्टीमा आएको हो । सहयात्री अन्य दलहरुमा आएको समस्या होइन । अन्य दलहरुले यसलाई समस्याको रुपमा बुझ्नुपर्ने जरुरी नै छैन । यो हाम्रो समस्या भएकाले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । त्यो जिम्मेवारी बारे आवश्यक निर्णय लिने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’ प्रवक्ता ढकालले सो विषयमा पार्टी सभापति लामिछानेले सत्तारुढ अन्य घटकका नेताहरुसँग छलफल गरेर अघि बढ्ने जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend