सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

कांग्रेसले राष्ट्रपतिमा दाबी गर्छ : नेता केसी

कांग्रेसले राष्ट्रपतिमा दाबी गर्छ : नेता केसी

kqsf/ ;Dd]ngdf g]tf s];L e/tk'/,!^ df3 M g]kfnL sfFu|];sf s]lGb|o ;b:o ch'{gg/l;Fx s];Ln] k|]; o'lgog lrtjg zfvfn] ;f]daf/ e/tk'/df cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf . tl:a/ M s[i0f cfrfo{÷/f;;

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताए ।

राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उनको भनाइ थियो । नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताउँदै भने राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय हुन्छ ।

कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपर्थ्यो । आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुग्यौँ । उनले भने ‘अब प्रतिपक्षको धर्म निर्वाह गर्नु नै कांग्रेसको दायित्व र जिम्मेवारी हो ।’ कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको उनको भनाइ थियो । उनले भने, “कांग्रेस सशक्त प्रतिपक्षीबाहेक अन्य कुनै भूमिकामा रहँदैन

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend