logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • संसदमा पत्रकारलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउनेछु : सभामुख घिमिरे

    संसदमा पत्रकारलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउनेछु : सभामुख घिमिरे

    1.4K
    Shares
    संसदमा पत्रकारलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउनेछु : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छन् । सोमवार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन् ।

    उनले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु सम्प्रषण गर्ने र समाजलाई परिवर्तन गर्न भुमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताए ।

    उनले पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने बताए । सभामुख घिमिरेले पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाए ।

    उनले समाजलाई सचेत गराउन पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उनको भनाई छ । उनले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend