काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।
आज (मंगलबार) बिहान लामिछाने प्रधानमन्त्री निवास पुगेका हुन् ।
सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमेपछि लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् ।