logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • काम भए दया, बेइमान गरे दण्ड : मन्त्री किराँती

    काम भए दया, बेइमान गरे दण्ड : मन्त्री किराँती

    1.7K
    Shares
    काम भए दया, बेइमान गरे दण्ड : मन्त्री किराँती

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन् । मंगलवार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् ।

    उनले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गरे । उनले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे । उनले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालिन,अल्पकालिन र दीर्घकालिन क्यालेण्डर बनाउन आग्रह गरे । उनले मन्त्रालयले क्यालेण्डर अनुसार काम भए÷नभएको आवश्यकता अनुसार अनुगमन गर्ने पनि बताए ।

    मन्त्री किराँतीले पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिए । उनले पशुपति जस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै विकास कोषको ज्ञान,क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न उठेको बताए । उनले पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरु गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय,अस्पताल र विद्यालयहरु सञ्चालन गर्नु सामान्य काम भएको बताए । मन्त्री किराँतीले पशुपति जस्तो ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर गैर आध्याात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताए ।

    उनले भने,‘पशुपति जस्तो पवित्र स्थान पाएर पनि हामीले राम्रोसँग प्रयोग गर्न सकेका छैनौं । हाम्रो ज्ञान,क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न बनेको छ । पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरु पनि गर्नसक्छ । पशुपति क्षेत्र विकास कोषले विश्वविद्यालय चलाउनुपर्ने हो । अस्पताल र विद्यालयहरु सञ्चालन गर्नु सामान्य काम हो । कति काम भएको छ । म एक पटक पशुपतिनाथसँग कोषको अध्यक्ष भएर माफी माग्छु । हामीले पशुपतिको सम्मानलाई चिन्न सकेनौं । सबैको गल्तिको नेतृत्व गर्दै क्षमा माग्दै अब हामी त्यस्तो गल्ति गर्दैनौं । देखेको त जालैले छेकेको हेर गाउँले हो । छर्लङ्गै देखेको भन्ने गीत थियो । गीत जस्तो पशुपति विकास कोषमा नहोस् । यस्ता खालका अपवित्र काम सैह्य हुनेछैन । पवित्र स्थानमा बसेर अपवित्र काम गर्ने हामी को हौं । यति ठूलो आधात्मिक आस्थाको केन्द्रमा बसेर हामी यहाँ भन्दा गैर आध्यात्मिक अराजकता कहाँ हुन्छ । त्रिशुलले डामेर छोड्ने साँढे जस्तै छौं । पद पाएपछि डामे जस्तो अब यस्तो सह्य हुँदैन । अब काम भए दया र बेइमान भए दण्ड हुन्छ । हामी सबैको माया प्रेम काम,परिणाम हुन्छ । पशुपति विकास कोषले क्यालेण्डर बनाएर हामीलाई बुझाउनुपर्छ ।

    तत्कालि,अल्पकालिन र दीर्घकालिन क्यालेण्डर चाहिन्छ र त्यही अनुसार अनुगमन हुन्छ । एक महिनामा सफा पशुपति पवित्र पशुपति नाराका साथ पशुपति क्षेत्र सफा हुनुपर्छ । एक महिनाभित्र सफा गर्नु भनेको छु । आकाश झार्नु भनेको छैन । आकाश झार्नु भनेको भए कुतर्क भयो । सफा गरौं पशुपतिलाई जसरी पशुपतिप्रति मानिसहरुले जस्तो मानसिकता बनाएर आएको हुन्छ त्यो भन्दा बढी आकर्षित गर्नुपर्छ । पशुपतिमा आउने एक जनाले १० जना मान्छे पठाओस् न । त्यस कारण पहिलो एजेण्डा भनेकै सफा पशुपति हनुपर्छ । अहिले पशुपतिका शौचालयहरु पसिसक्नु छैन । यस्तो पनि हुन्छ । वागमतीमा पानी मात्रै बगेको छैन । तपाईहरुको जिन्दगी पनि बगेको छ ।’

    मन्त्री किराँतीले मन्त्री र सचिवलाई पैसा दिनुपर्ने भन्दै पशुपतिमा फूल महँगोमा बेच्ने गरिएको गुनासो आएकाले त्यसबारे नियमन गर्न निर्देशन दिए । उनले कुन सरकारको पालामा कुन मन्त्री र सचिवले पैसा लिए ? भन्ने नाम दिए पत्रकारहरुको सामु पढेर सुनाउने बताए । उनले एउटा सटर भाडामा लगाउन लाखौंको डिल हुने गरेको सुन्नमा आएको भन्दै अब त्यस्तो कुरा सुनिए तत्काल कारबाही गर्ने चेतावनी दिए ।

    उनले भने,‘ पशुपतिमा धेरै अपवित्र कुरा सुनिन्छ । म यो हो त्यही हो भन्दिन । तर पशुपतिमा फूल बेच्नेले महँगोमा बेच्दा किन महँगोमा बेचेको भन्दा मन्त्री र सचिवलाई पैसा बुझाउनुपर्छ भनिन्छ अरे ? एउटा सटर भाडामा लगाउन लाखौंको डिल हुन्छ । यहाँको फोटो खिच्नेहरु कहाँ गए । प्रमाणपेस गर्न नपरोस् । एक,दुई लाख,पाँच लाख होर डिलिङ ? २० लाख पनि होइन लाखौं लाख के सुन्नुपरेको पशुपतिनाथमा मैले ? कुन चाहीँ मन्त्रीलाई पैसा दिनुभयो मलाई नाम दिनु पत्रकारहरुसँग पढेर नाम सुनाउँछुृ । भगवानमाथि भ्रष्टाचार गर्ने ? किन फूल व्यापारीहरुसँग पैसा उठाइन्छ कस्ले उठाउँछ । पैसा उठाएर मन्त्री र सचिवलाई पैसा बुझाउने भनेर बदनाम गरिन्छ । हो मन्त्री र सचिवलाई बुझाउनै पर्छ तपाईहरुले मिडियाहरु आएका छन् । दुधको दुध पानीको पानी पशुपतिनाथको माटोमा उभिएर भन्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरको कोषको कार्यालयको गति यस्तो छ । यहीदेखि हाम्रो क्षमता र योग्यता प्रदर्शन भयो । मान्छे पोल्ने काममा समेत शोषण हुन्छ भनेपछि कसरी मन बुझाउनु हो । मान्छे मेरको छ । मान्छे मरेको परिवारको लागि त्यो भन्दा ठूलो दशा के हुन्छ । पशुपतिको साथीहरु भेट्दा पशुपतिको शक्ति सहित आध्यात्मिक दर्शनले उज्यालो बत्ती जस्तै बलेको देख्नुपरे मैले । जो भेट्यो बाउ मरेर क्रियापुत्री बसेको जस्तो । सन्तोष कोही छैन । गुनासो भन्दा केही छैन । पशुपति कोषमा काम गर्ने मान्छे बत्ती जस्तो बलेको देखिनुपर्छ ।’

    मन्त्री किराँतीले मान्छे पोल्ने काममा समेत शोषण हुने गरेको विषय सुनेको भन्दै शोषण अन्त्य गर्न निर्देशन दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend