बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक

मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले मंगलबार आयोजना गरेको राष्ट्रिय सम्मेलन तथा २६ औँ वार्षिक उत्सवमा उपप्रधान तथा अर्थ मन्त्री बिष्णप्रसाद पौडेलले आफ्नो मन्तब्य राख्नु हुदै। तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताएका छन् ।

मंगलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताएका हुन् । उनले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनियता बढाउन पनि जरुरी रहेको बताए।

मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वनीयता बढाउन चार्टर्ड एकाउण्टेन्ट्सहरुको महत्वपूर्णं भुमिका रहने बताए । उनले चार्टर्ड एकाउण्टेन्ट्सहरु निजी, सार्वजनिक र सरकारी विभिन्न निकायहरुसँग काम गर्ने भएकाले एकाउण्टेन्ट्सहरुले गर्ने निर्णयले मुलुकको लेखा प्रणाली र लेखा प्रणालीको पारदर्शी र विश्वनीसयताका विषयमा उजागर गराउने बताए ।

उनले भने, ‘हिसाव किताव दुरुस्त गरिएन भने दुनियाँ र देश लगायत कसैले पनि हामीलाई राम्रो मान्दैन । काम पनि राम्रो गर्ने हिसाव किताव पनि दुरुस्त राख्ने विश्वको अपेक्षा हो । हामीले पनि त्यस्तै अपेक्षा गर्छौैंं । त्यसकारण मुलुकको लेखा प्रणालीलाई पारदर्शी, उत्तरदायी र विधिसम्मत बनाउनको लागि यो संस्थाको भुमिका महत्वपूर्ण छ । यहाँहरुले निजी क्षेत्र, सार्वजनिक संस्था र सरकारी निकायहरुसँग जोडिने भएकाले उहाँहरुले चलाउने कलम र निर्णयले मुलुकको लेखा प्रणाली कस्तो छ र लेखा प्रणालीको क्षेत्रमा मुलुक कति पारदर्शी र विश्वमा कति विश्वसनियता रहेको छ भनेर मूल्याङ्कन हुन्छ । नेपाल लेखा प्रणालीको क्षेत्रमा विश्वका उत्कृष्ट मुलुकको दाँजोमा सक्षम छ भन्ने सन्देश दिने काम तपाईहरुको काँधमा रहेको छ । त्यही अनुुसार यहाँहरुले जिम्मेवारी बहन गर्नुहुनेछ ।’

उनले हिसावकिताव पारदर्शीता नभए दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसावकिताव पनि पारदर्शिता राख्ने सरकारको अपेक्षा रहेको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend