सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने (कार्यसूचीसहित)

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने (कार्यसूचीसहित)

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम द्ध ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन आव २०७८ ०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

त्यसैगरी सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend