काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले आत्मदाह गरेका उद्यमी प्रेम आचार्यप्रति कसैले चिन्ता नगरेको भन्दै सदनमा असन्तुष्टि जनाएका छन्। बुधबारको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘मलाई लाग्थ्यो, आज यो सदनभित्र विशेष प्रस्ताव आउला, के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए, त्यसको बारेमा चर्चा होला। तर आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ। प्रेम आचार्यको बारेमा कसैको चिन्ता भएन। चासो भएन। हामी अर्कै गाथा र अर्कै गीत गाइरहेका छौँ’।