
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। सर्वोच्च अदालतको फैसलाले रवि लामिछाने अनागरिक ठहर भएको हुँदा उनको अध्यक्षतामा खोलेको दल खारेज हुनुपर्ने माग गर्दै युवराज पौडेल (सफल)ले आयोगमा निवेदन दिएका हुन्।
रास्वपाका सभापति लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी लामिछानेको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षर समेत अवैधानिक भएको उजुरीमा उल्लेख गरिएको छ ।
लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउँदा राष्ट्रिय गोपनियता भंग भएको र राष्ट्रिय हितविपरीतको काम भएको हुँदा रास्वपा खारेजभागी रहेको निदेवनमा जिकिर गरिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend