विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले गृह मन्त्रालय पाउनुपर्ने उनले बताए ।
प्रधानमन्त्रीले अदालतको पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नूभएको छ नि भन्ने प्रश्नमा उनले पूर्ण पाठ नचाहिने बताए । ‘पूर्णपाठ किन चाहियो पुराण वाचन गर्ने हो र ?’ उनले भने ।