logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गरेको छ : प्रधानमन्त्री

    ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गरेको छ : प्रधानमन्त्री

    903
    Shares
    ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गरेको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन् । बिहीवार ललितकला गुठी काठमाडौंको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री दाहालले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताए । उनले प्रतिष्ठानले देशमा मात्र नभइ ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताए ललितकला प्रतिष्ठानले संस्थागत स्वरुप ग्रहण गरेकोमा खुशी व्यक्त गरे ।

    उनले भने, ‘ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने, देशभित्र मात्र नभइ देश बाहिर पनि महत्वपूर्ण भुमिका खेल्नुभएको छ । म पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठानलाई अघि बढाउनेबारे तपाईहरुकै सल्लाह,सुझाव अनुसार अघि बढाएको हो, अहिले स्थापित भएर गठन भइ १२ वर्ष पूरा भइसकेको छ । यसले संस्थागत स्वरुप ग्रहण गर्दैछ । अहिले तेस्रो पटक प्रधानमन्त्रीको रुपमा यहाँ आइराख्दा खुशी महशुस भएको छ । यो क्षेत्रमा तपाईहरुले दिनुभएको योगदानलाई राष्ट्रले कदर गरेको छ । आउने दिनमा यसका अगाडि रहेको सम्भावना के छन्, चुनौति के छन् ? तपाईहरुले लिखित रुपमा प्रधानमन्त्री कार्यालयमा दिनुहोला । मैले आफ्नो ठाउँबाट गर्ने सहयोग प्राप्त हुनेछ ।’

    प्रधानमन्त्री दाहालले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौति भए लिखित रुपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवद्र्धनका लागि आवश्यक पहल गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend