logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सांसदहरु काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन् : उपसभामुख राना

    सांसदहरु काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन् : उपसभामुख राना

    1.7K
    Shares
    सांसदहरु काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन् : उपसभामुख राना

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छन् । बिहीवार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप÷चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताइन् ।

    आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको बताइन् । उनले उपसभामुख अब चुप नभइ (उपर) अर्थात् झनै माथि जाने भएको बताइन् । उनले संसदमा महिला सांसदहरुले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन् । उनले सांसदहरु काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेठ्ने बताइन् ।

    उनले भनिन्, ‘मैले केही गाउँहरु भिजिट गरेँ उपसभामुख भइसकेपछि उहाँहरुका लागि आवश्यक सामग्रीहरुको उपलब्धता छैन, यस्ता विषयहरु सदनमा गुन्जियोस्, सांसदहरुले यी कुराहरुमा ध्यान दिनुहुनेछ । उपसभामुखलाई उप, चुप भन्नेकुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु । महिला सांसदहरु हुनुहुन्छ, उहाँहरुले विभिन्न समस्या भोग्नुभएको छ, सांसदहरुले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’

    उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने बताइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend